सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए इन्भेस्टमेन्ट समिट रोकियो

बिहीबार, २६ भदौ २०८२, १६ : ३३
बिहीबार, २६ भदौ २०८२

सारांश

  • एनआरएनएले जेनजी आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै आगामी कार्यक्रम स्थगित गर्यो।
  • इन्भेस्टमेन्ट समिट स्थगित गरी पुनर्निर्माण र सहयोगमा ध्यान केन्द्रित गर्ने निर्णय गरियो।
  • एनआरएनबीच एकता आह्वान गर्दै जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरियो।

काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना आगामी कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। 

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले यसअघि तय भएको इन्भेस्टमेन्ट समिट हाललाई रोकेर पुनर्निर्माण र अन्य सहयोगमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

यसैगरी बैठकले विकसित घटनाक्रमअनुसार एकताबद्ध भएर अघि बढ्नका लागि पहलकदमी लिने निर्णय पनि गरेको छ ।  जसअनुसार बैठकले संगठनभित्र र विश्वभर रहेका एनआरएनबीच एकताको आह्वान गरेको छ।

 कठिन परिस्थितिमा विभाजनभन्दा सहकार्यमार्फत अघि बढ्नु अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको श्रेष्ठले बताए । यस्तै अक्टोबरमा गर्ने भनिएको साधारणसभा पनि रोकिने भएको छ । 

यसैगरी बैठकले देशमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति, हिंसा र तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । साथै, एनआरएनएले यस घटनाबाट प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप