गोरखाका स्थानीय तहहरूले भने– संवैधानिक प्रक्रियाबाट जेनजीका माग सम्बोधन गर्दै राजनीतिक निकास दिइयोस्
काठमाडौँ । गोरखाका स्थानीय तहहरूले संवैधानिक प्रक्रियाबाट जेनजी पुस्ताका न्यायोचित मागहरूको सम्बोधनसहित राजनीतिक निकासको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् ।
बिहीबार यहाँका ११ वटा स्थानीय तहहरूका नगर प्रमुख एवं अध्यक्षहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा शान्तिपूर्ण वातावरण सिर्जना गरी लामो सङ्घर्ष तथा बलिदानबाट प्राप्त नेपालको संविधानको रक्षा गर्दै संवैधानिक प्रक्रिया मार्फत जेनजी पुस्ताका न्यायोचित मागहरूको सम्बोधन गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन् ।
साथै उनीहरुले निर्वाधरुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन राष्ट्रपति, सुरक्षा निकायहरू र आन्दोलनरत सबै पक्षलाई आग्रह समेत गरेका छन् ।
'सरकारी तथा निजी संरचनाहरू, दस्ताबेजहरू, नागरिकको जीउ धनको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाधरुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन राष्ट्रपति, सुरक्षा निकायहरू र आन्दोलनरत सबै पक्षमा आग्रह गर्दछौँ,'जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा भएको जनधनप्रति दुख समेत व्यक्त गरेका छन् ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार नियन्त्रण,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्यो भने देशले ठुलो जनधनको क्षति समेत व्यहोर्नुपर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण