अपडेट
खाना पकाउने ग्यासको अभाव भएको हो ?
आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न निगमको आग्रह
बिहीबार, २६ भदौ २०८२, १९ : ३८
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपीजी) पर्याप्त मात्रामा स्टक रहेको जनाएको छ । तर ग्यास बिक्री वितरणमा समस्या रहेको जनाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आफूहरूसँग एलपी ग्यास थानकोट डिपोमा पर्याप्त मात्रामा मौज्दात रहेको बताए ।
तर बजारमा ग्यास अभाव(सटेज) भएको अफवाह फैलाउने कार्य भइरहेको पनि उनले बताए । निगमसँग पर्याप्त मात्रामा ग्यास भएता पनि अभाव भन्ने अफवाह फैलिएका कारण आवश्यकताभन्दा बढी सिलिण्डर खरिद नगर्न आग्रह गरे ।
उनले भने,‘अभाव भन्ने हल्ला फैलिँदा मानिसहरूले जथाभावी रुपमा खरिद गरी भण्डारण गर्ने र अभाव सिर्जना गराउने अवस्था आउँछ । तर आवश्यकताभन्दा बढी सिलिण्डर खरिद गरी भण्डारण नगर्न निगमको आग्रह छ ।’
साथै अहिले देशको अवस्था सहज नभएको अवस्थामा पनि ग्यास लगायत पेट्रोलियम पदार्थ आयत भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण