जलेश्वर कारागारबाट भागेका ५७६ कैदीमध्ये ५२ जना फर्किए
बिहीबार, २६ भदौ २०८२, २० : २२
महोत्तरी । मंगलबार साँझ करिब सात बजेतिर जलेश्वर कारागारमा अप्रत्यासित रूपमा भागदौड मच्चिँदा फरार भएका ५७६ जना कैदीमध्ये ५२ जना फर्किएका छन् ।
बुधबार कारागार प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई २४ घण्टाभित्र कारागारमै फर्कन आह्वान गरेको थियो । उक्त समयभित्र नफर्किएका कैदीबन्दीको हकमा कानुन बमोजिम कारबाही हुने चेतावनी कारागार प्रशासनले दिएको थियो ।
कारागार प्रशासनका अनुसार सोही सूचना बमोजिम बिहीबार साँझसम्म ५२ कैदीबन्दी फर्किएका छन् । केही कैदीबन्दीले यातायातका साधन सञ्चालन नभएकाले फर्कन नसकेको भन्दै फोन सम्पर्क गरी जानकारी गराएको कारागार प्रशासनको भनाइ छ ।
अहिलेसम्म सम्पर्कका नआएका कैदीबन्दीको हकमा खोजतलास अभियान चलाइने र उनीहरूलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गरिने कारागार प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण