यु–२३ फुटबल टोली आज स्वदेश फर्कँदै
शुक्रबार, २७ भदौ २०८२, ११ : ०२
सारांश
- एएफसी यू-२३ एसियन कपबाट फर्किने नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ।
- उडान नहुँदा टोली विमानस्थलमै सुतेको थियो, तर एन्फाले उडान निश्चित गरेको छ।
- छनोट प्रतियोगितामा नेपाल ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग पराजित भयो।
काठमाडौँ । एएफसी यु–२३ एसियन कपका लागि ताजकिस्तानमा रहेको नेपाली टोली आज (शुक्रबार) स्वदेश फर्किने भएको छ । नेपाली टोली बुधबार फर्कने तालिका रहेको थियो । तर, उडान नभएपछि नेपाली टोली अलपत्र परेर विमानस्थलमै सुतेको थियो ।
सेप्टेम्बर ३ देखि ९ सम्म भएको छनोट प्रतियोगितामा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो । त्यस्तै सिरियासँग ४–२ पराजित हुँदा अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो ।
नेपाली टोलीको शुक्रबार उडान निश्चित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण