बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
सारांश
- बझाङको तल्कोट गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा चार जना घाइते भएका छन् र उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
- प्रहरीका अनुसार, दुर्घटना तल्कोट गाउँपालिका वडा नम्बर ५ को भक्तपुरमा भएको हो।
धनगढी । बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सु.प.प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर तल्कोट गाउँपालिका वडा नम्बर ५ को भक्तपुर भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा तल्कोट गाउँपालिका - ४, उपरकोटका विकास सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र धमालाले बताए ।
दुर्घटनामा परी तल्कोट-४ का ३० वर्षीय खगेन्द्र खत्री, सोही वडाका भूपेन्द्र सिंह र अभिषेक सिंह तथा वडा नम्बर ५ का लोकेश मल्ल घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण