सामान्य बन्दै हेटौँडाको जनजीवन
शुक्रबार, २७ भदौ २०८२, १३ : ३६
सारांश
- हेटौँडामा आन्दोलनका कारण प्रभावित जनजीवन सामान्य बन्दै गएको छ।
- राति कर्फ्यु र दिउँसो निषेधाज्ञा भए पनि बिहान र साँझ आवतजावत सहज पारिएको छ।
- बैंक तथा वित्तीय संस्था, बजार र पसलहरू आंशिक रूपमा खुल्न थालेका छन्।
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको जनजीवन सामान्य बन्दै गएको छ । जेन जी आन्दोलनका कारण भदौ २३ र २४ गतेदेखि प्रभावित बनेको हेटौँडाका नागरिकको जनजीवन सामान्यतर्फ उन्मुख भएको हो ।
जिल्लामा रातको समयमा कर्फ्यु र दिउँसो निषेधाज्ञा भए पनि बिहान र साँझमा भने आवतजावत सहज बनाइएको छ । सडकमा नेपाली सेनाको उपस्थिति रहे पनि अत्यावश्यक कार्यका लागि बाधा पुर्याइएको छैन ।
_CShOgjh7L5.jpg)
यद्यपि जनजीवन सामान्य बनाउन र सहजीकरणको लागि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म यात्रा अनुमति दिइएको छ ।
_V0IYsehL9P.jpg)
यसैबिच केही साना सवारी साधन र मालवाहक ट्रकहरू चल्न थालेका छन् । बैँक तथा वित्तीय संस्थाहरुले सेवा प्रवाह थालेका छन् भने बजार र पसलहरू आंशिक रूपमा खुल्न थालेका छन् । सरकारी कार्यालयहरू सञ्चालनका लागि सरसफाइ चलिरहेको छ । सर्वसाधारणको चहलपहल पनि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण