जेनजी आन्दोलनमा मृत्यु भएकाको टिचिङ अस्पतालमा पोस्टमार्टम सुरु
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेनजी आन्दोलनमा मृत्यु भएका युवाको शव परीक्षण सुरु भएको छ । फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीको पत्र कुर्दा पोस्टमार्टममा ढिलाइ भएको हो ।
‘मेडिको–लिगल प्रकृतिको भएकाले स्वेच्छाले गर्न नमिल्ने र निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने । अहिले शिक्षण अस्पतालमा आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शव राखिएको छ । जसमध्ये ३४ पुरुष र २ महिला छन् भने त्यहीमध्ये तीन जना प्रहरीको शव पनि रहेको डा. चौधरीले बताए ।
जेनजी आन्दोलनमा भएको घटनालाई ‘गैरन्यायिक हत्या’ को श्रेणीमा राख्नुपर्ने आवाज आएकाले यसमा मानवअधिकार निकाय लगायत अन्तर्राष्ट्रिय प्रोटोकलको समेत पालना गर्नुपर्ने भएकाले हरेक प्रक्रिया सूक्ष्म ढंगले गरिने डा. चौधरीले बताए । सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै शवहरू सम्बन्धित आफन्तलाई बुझाइने उनले जानकारी दिए ।

शिक्षण अस्पतालमा हालसम्म ९ जना मृतकका परिवारले पोस्टमार्टमका लागि निवेदन दिएका छन् । पोस्टमार्टम गरिएका तीन जनाको शव परिवारलाई बुझाइसकिएको डा. चौधरीले जानकारी दिए । शिक्षण अस्पतालमा २३ गतेदेखि शव ल्याउन सुरु गरिएको थियो ।
हालसम्म जेनजी आन्दोलनमा प्रदर्शनकारी र प्रहरी गरी ५१ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा पनि केही शवको परीक्षण भइरहेको छ ।
शव पहिचानको विधि
शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. चौधरीका अनुसार पहिचानका लागि शवको अवस्था अनुसार विभिन्न विधि अपनाइएको छ । सामान्य अवस्थामा आफन्तले भिजुअल रूपमा शवको सनाखत गर्नेछन् । यदि शव नचिनिने अवस्था छ भने फिंगरप्रिन्ट, दाँत परीक्षणजस्ता विधि अपनाइने डा. चौधरीले बताए ।
जलेर चिन्न नसकिने शवहरूको हकमा सुरुमा दाँत र फिंगरप्रिन्टको आधारमा पहिचान गरिनेछ । यदि यो विधिबाट पनि पहिचान हुन नसकेमा मात्र डीएनए परीक्षण गरिने उनले बताए । आन्दोलनमा क्रममा मृत्यु भएकाहरूको डीएनएको परीक्षण गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
‘अत्यन्तै जटिल र क्षतिग्रस्त शवजस्तै हड्डी मात्र भेटिएमा डीएनए परीक्षणको सहारा लिइन्छ,’ डा. चौधरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण