'प्रहरी हस्तक्षेपको छानबिन, संविधानको रक्षा र संवैधानिक बाटोबाट नयाँ प्रधानमन्त्री चयन गर'
काठमाडौँ । विभिन्न राजनीतिक दलका विद्यार्थी भ्रातृसंस्थाका पूर्व पदाधिकारीहरूले भदौ २३ र २४ गते जेनजीको प्रदर्शनमा भएको घटनामा प्रहरीले गरेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै उनीहरुले शुक्रबार निष्पक्ष छानबिनको माग गरेका छन् ।
यस घटनामा प्रहरीलाई मुख्य दोषी ठहर गर्दै, घुसपैठकर्ताहरूको पनि कारबाही हुनुपर्ने बताएको छ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष रञ्जित कर्णका अनुसार घुसपैठका कारण नेपालले अर्बौँ रुपैयाँ क्षति भोग्नु परेको छ र मुलुकको आधारभूत पूर्वाधार पनि प्रभावित भएको छ ।
कर्णको संयोजनमा भएको बैठकमा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष हिमाल शर्मा, रमेश मल्ल, रञ्जित तामाङ, अनेरास्ववियुका पूर्वअध्यक्षहरू माधव ढुंगेल, किशोर विक्रम मल्ल, नविना लामाले घटनामा प्रहरीको भूमिकालाई उपयुक्त नदेखिएको बताएका छन् ।
कर्णले बैठकले राजनीतिक गतिविधि र आन्दोलनमा घुसपैठ गर्ने र प्रहरी बल प्रयोग गरेर दबाउने प्रयासले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथि गम्भीर चोट पुर्याएको निष्कर्ष निकालेको बताए ।
बैठकले नयाँ प्रधानमन्त्री बनाउँदा संविधानमा कुनै सम्झौता स्वीकार्न नसक्ने निष्कर्ष पनि निकालेको छ । संविधानमाथि कुनै पनि प्रकारको समझदारी वा हस्तक्षेप भएमा आन्दोलनमा उत्रने चेतावनी पनि उनीहरूले दिएका छन् ।
हालको राजनीतिक अवस्थाले अस्थिरता र अविश्वास बढाएको भन्दै भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डा बोकेका नयाँ पुस्ताका नेताहरूलाई समर्थन गर्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण