जेनजी आन्दोलनमा कुन–कुन माओवादी नेताको घरमा क्षति पुग्यो ? यस्तो छ सूची
सारांश
- माओवादी केन्द्रले आफ्ना नेताहरूको घरमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ।
- पार्टीले जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूले नेताहरूको घरलाई निशाना बनाएको आरोप लगाएको छ।
- अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरूको घरमा तोडफोड, लुटपाट र आगजनी भएको छ।
काठमाडौँ। नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी नेताहरूको घरमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । पार्टीले जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूले पार्टीका नेताहरूको घरलाई निशाना बनाएको आरोप लगाएको हो ।
पार्टीले भनेको छ– ‘कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा (माओवादी केन्द्र) का नेताहरू जेनजी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका छन्।’
हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ।
विवरण हेर्नुस्–
१.अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेणु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड।
२०. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त
२१. बाँकी थप क्षतिको विवरण सङ्कलन हुँदै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण