पत्रकार चन्द्रकिशोरलाई पितृ शोक
शनिबार, २८ भदौ २०८२, १५ : १७
सारांश
- वरिष्ठ पत्रकार चन्द्रकिशोरका बुवा राजेन्द्र झाको ९२ वर्षको उमेरमा वीरगन्जमा निधन भयो।
- उनी केही समयदेखि पिसाब सम्बन्धी रोगबाट ग्रसित थिए र वीरगन्जस्थित घरमा उपचाररत थिए।
- राजेन्द्र झा रौतहट निवासी हुन्।
काठमाडौँ । वरिष्ठ पत्रकार एवं मधेस मामिलाका जानकार चन्द्रकिशोरका बुवा राजेन्द्र झाको निधन भएको छ । आज वीरगन्जस्थित निवासमा ९२ वर्षको उमेरमा उनको निधन भएको पत्रकार चन्द्रकिशोरले बताए ।
केही समयदेखि पिसाब सम्बन्धी रोगसँग जुध्दै उनी पर्साको वीरगन्जस्थित घरमा बस्दै आएका थिए । चन्द्रकिशोरले भने– ‘पिसाब सम्बन्धी समस्या थियो, उपचारपछि वीरगन्जस्थित घरमै राखेका थियौँ, विगत अढाई तीन महिनादेखि बुवाकै सेवामा म आफैँ लागेको थिएँ, आज उहाँको स्वर्गवास भयो ।’ राजेन्द्र झा रौतहट निवासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण