सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन
सारांश
- रास्वपाले प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई सशर्त समर्थन गर्ने जनाएको छ।
- रास्वपाले भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाउँदै आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताएको छ।
- पार्टीले सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण, सुशासन, भ्रष्टाचार नियन्त्रण, र आर्थिक सुधारमा जोड दिन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकलाई कठिन संक्रमणकालबाट पार लगाउन जिम्मेवारी पाएकी प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई सशर्त समर्थन गर्ने जनाएको छ ।
संविधान पालनाको विषयमा प्रश्न उठेका बेला रास्वपाले भदौ २३ मा जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको स्मरण गराएको हो ।
महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी गरिएको विज्ञप्तिमा रास्वपाले आफ्नो स्थापनाकालदेखि नै भ्रष्टाचार र कुशासनविरुद्ध संघर्षशील रहेको स्मरण गराएको छ । पार्टीले यसअघि भदौ २६ गते जारी गरेको प्रस्तावमाथि पनि जोड दिएको छ ।
रास्वपाले अन्तरिम सरकारबाट विभिन्न अपेक्षा राखेको छ । आउँदो फागुन २१ गते तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको पार्टीले उल्लेख गरेको छ ।
विज्ञप्तिमा रास्वपाले यी घोषित लक्ष्यहरूबाट सरकार च्युत हुँदा प्रतिरोध हुनेमा स्पष्ट रहेको जनाउँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा आफ्नो दल सदा सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण