हामी रोकिएको ठाउँबाट फेरि सुरु गर्नेछौँ - ललितपुर क्विन्सका महाप्रबन्धक
शनिबार, २८ भदौ २०८२, १९ : ४०
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) टोली ललितपुर क्विन्सका महाप्रबन्धक उत्सव शाक्यले जहाँबाट प्रतियोगिता रोकिएको छ, त्यहीँबाट फेरि सुरु हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हामीले रोकिएको ठाउँबाट फेरि सुरु गर्नेछौँ । त्यतिन्जेलसम्म सबै जना सुरक्षित रहनुहोस् ।’
प्रतियोगितामा ललितपुर क्विन्सले खेलेका तीनवटै खेल जितेको थियो । ललितपुरले ९ सेट जित्दा एउटा पनि सेट गुमाएको थिएन । अप्रत्याशित परिस्थितिले लिग रोकिनुअघि क्विन्सले कोर्टमा आफ्नो दबदबा कायम राखेको थियो ।
लिग स्थगित भए पनि खेलाडी र अफिसियलको सुरक्षा पहिलो प्राथमिकता भएको शाक्यले बताए । सबै खेलाडी र कर्मचारी सुरक्षित रूपमा घर फर्किसकेका र देश सामान्य अवस्थामा फर्किएको उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण