अपडेट
कागजी प्रक्रिया पूरा, कारागार फर्किए रवि
शनिबार, २८ भदौ २०८२, २१ : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्।
- जेनजी प्रदर्शन उग्र बनेपछि उनलाई कार्यकर्ता र नेताहरूले कारागारबाट निकालेका थिए।
- शनिबार दिउँसो फेसबुकमार्फत जानकारी दिएपछि उनी अपराह्न ५ बजेतिर कारागार पुगेका थिए।
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गरेर नख्खु कारागार फर्किएका छन् ।
जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए ।
शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएर उनी साँझ ५ बजेतिर कारागार पुगेका थिए ।
रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारीअनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण