नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा हुने
सारांश
- नेपालगन्ज नाइट रन देशको विषम परिस्थितिका कारण स्थगित गरिएको छ।
- आयोजक समितिले भर्चुअल बैठकबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
- एम्सको पूर्णकालीन सदस्यता लिएपछि दोस्रो संस्करण गर्न लागिएको थियो।
काठमाडौँ । यही असोज ३ गते हुने तय गरिएको नेपालगन्ज नाइट रन स्थगित भएको छ । देशको विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो ।
नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो । विश्व दौडको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रूपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो ।
‘शुभेच्छुकहरूबाट हामीले दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएका थियौँ । तर, युवाहरूको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानवीय क्षतिले मुलुक शोकमग्न रहेको बेला तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौँ,’ एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने ।
यसले धावक तथा दौडप्रति रुचि भएका तमाम व्यक्तिहरूप्रति पर्न गएको असुविधाप्रति आयोजक क्षमा मागेको छ । ‘सयौँ व्यावसायिक धावकहरूले अनलाइन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजना सम्बन्धी जिज्ञासा आइरहेको छ । यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौँ,’ ठकुरीले ।
एम्सको पूर्णकालीन सदस्यताको मान्यतासँगै यस वर्षदेखि नेपालगन्ज १० नाइट रनको विजेतालाई थाइल्यान्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो । यसले खेलाडीलाई बेग्लै उत्साह र ऊर्जा थपेको थियो । नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मङ्सिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुटिसकेको छ । साथै स्थानीय तहमा सरसफाइ एवं अन्य काममा पनि धारा नेपालगन्ज म्याराथनको टिम परिचालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण