बागलुङमा पहिरोले एक परिवार विस्थापित
आइतबार, २९ भदौ २०८२, ११ : ३८
सारांश
- बागलुङको सिगानामा पहिरो जाँदा रामबहादुर खड्काको गोठ पुरिएको छ र परिवार विस्थापित भएका छन्।
- सडक विस्तारका कारण खसेको पहिरोले घरमा आंशिक क्षति पुर्यायो र विद्युत् ट्रान्सफर्मरमा पनि क्षति पुग्यो।
- विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ, वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए।
बागलुङ । बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छ भने एक परिवार विस्थापित भएका छन् ।
सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पुर्याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ ।
परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ –८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार घरमाथिबाट हालै सडक विस्तार गरिएकाले चट्टानसहितको ठुलो पहिरो खसेको थियो । पहिरोले सिगानाको विद्युत् वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाम–लोकतान्त्रिक गठबन्धन बनाउन नेकपाको पहल, अझै बनेन खाका
-
नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा रिहा
-
नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली
-
डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री
-
हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण