टेन्ट टाँगेर काम सुरु गर्यो भैरहवा भन्सार कार्यालयले
सारांश
- भैरहवा भन्सार कार्यालयले जेनजी आन्दोलनपछि अस्थायी संरचना बनाएर सेवा सुरु गरेको छ।
- आन्दोलनको क्रममा भन्सार कार्यालयको भवनमा क्षति पुगेको थियो, जसमा यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैंकको भवन जलेका थिए।
- अहिले, भन्सार जाँचपासको काम टेन्टमा सुरु गरिएको छ र अत्यावश्यक वस्तुको आयात निर्यात सुचारु गरिएको छ।
बुटवल । जेनजी आन्दोलनपछि आगजनी र तोडफोडबाट क्षति बेहोरेको भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना बनाएर सेवा सञ्चालन सुरु गरेको छ ।कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका काम सुरु गरेका हुन् ।
आन्दोलनका क्रममा भदौ २४ गते भन्सार कार्यालयको यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैँकको भवन जलेका थिए ।
बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात सुचारु गर्न टेन्ट टाँगेर काम सुरु गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरी रातोपाटीलाई बताए ।

उनले भने, ‘अहिले भन्सार जाँचपासको काम हामीले टेन्ट टाँगेर सुरु गरेका छौँ । अन्य प्रशासनिक काम सुरु गर्न केही समय लाग्ला ।’
भैरहवा भन्सार कार्यालयको कार्यालय भवन क्षतिसँगै कागजपत्र पनि जलेका छन् । अब प्रमुख जिल्ला अधिकारीसँग छलफल प्रशासनिक काम कसरी सञ्चालन गर्ने भन्नेबारे निष्कर्षमा पुगिने सूचना अधिकारी चौधरीले बताए ।

भन्सार कार्यालयले यसअघि डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्दै आए पनि ती संरचना नष्ट भएका कारण अहिले म्यानुअल भए पनि जाँचपासको काम भइरहेको छ । खासगरी यहाँबाट अहिले ग्यास बोकेका बुलेट लगायत अत्यावश्यक सामग्री भित्रिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण