कर्मचारीले दसैँ अगाडि पाउने भए तलब–भत्ता, सरकारको भुक्तानी प्रणाली सुचारु
सारांश
- जेनजी प्रदर्शनका कारण रोकिएको भुक्तानी प्रणाली पुनः सुचारु भएको छ।
- अर्थ मन्त्रालयका अनुसार, सरकारले आजैदेखि भुक्तानी दिन थालेको छ र कर्मचारीले दसैँ अगाडि नै तलब पाउनेछन्।
- राजस्व सङ्कलन आइतबारदेखि सुचारु भएको छ, र धेरैजसो भन्सार कार्यालयहरू सञ्चालनमा आएका छन्।
काठमाडौँ । जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आजैदेखि सुचारु भएको हो ।
उनले असहज परिस्थित हुँदा रोकिएको भुक्तानी प्रणाली आज देखि भुक्तानी दिन थालिएको जानकारी दिए । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दसैँ अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ ।
मन्त्रालयका प्रवक्ता पाण्डेयले भने, ‘असहज परिस्थिति सिर्जना भएकाले केही दिन भुक्तानी रोकिएको थियो । तर अब सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमशः गर्छ ।’
उनका अनुसार आइतबारदेखि राजस्व सङ्कलनको काम पनि सुचारु भएको छ । आन्दोलनबाट क्षति भएका राजश्व कार्यालयहरू मध्ये धेरैजसो भन्सार कार्यालयहरू सञ्चालनमा आएको बताए ।
पूर्ण क्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य सबै कार्यालयहरू सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयको भनाई छ । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण