भग्नावशेष बनेको कार्यालयमा सेवाग्राही, छैन तत्काल सेवा दिनसक्ने अवस्था
काठमाडौँ । जेनजी आन्दोलनका नाममा सरकारी कार्यालयहरु अराजक समूहको निशानामा परे । आन्दोलनकारीहरुले सरकारी कार्यालयहरुमा आगजनी र तोडफोडपछि चोरी र लुटपाट मच्चाए ।
वडा कार्यालय, प्रहरी कार्यालयदेखि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारसम्म जलाए । पार्टीका कार्यालयहरु, निजी घर, व्यापारिक भवनदेखि राष्ट्रपति भवनसम्म उनीहरुको निशानामा परे ।
सिंहदरबार नजिकै रहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौं पनि आन्दोलनकारीको निशानाबाट बच्न सकेन । जेनजी आन्दोलनको नाममा अराजक समूहले आगजनी गर्दा प्रशासन कार्यालय लगभग शून्य अवस्थामा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय पनि पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी प्रमुख जिल्ला अधिकारी बस्ने कार्यकक्षदेखि अन्य सबै शाखा बाँकी नरहेको बताउँछन् । तत्काल सेवा प्रवाह गर्ने अवस्था छैन ।
उनले अहिले कार्यालयभित्र भएको क्षतिको विवरण संकलन हुन बाँकी रहेको भन्दै आज (आइतबार)बाट क्षतिको विवरण संकलन गर्दै सरसफाइ गर्ने तयारीमा रहेको बताए ।
प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु कार्यालयमा आएका छन् । तर उनीहरु कहाँबाट कसरी सेवा प्रवाह गर्ने भन्ने अन्योलमा देखिएका छन् । कर्मचारीहरु क्षति भएका र बाँकी रहेका कार्यालयको भग्नावशेषलाई मुचुल्का उठाएर रुजु गर्ने काममा व्यस्त छन् ।

मुद्दाफाँटदेखि नागरिकता वितरण, पासपोर्ट वितरण शाखा समेत पूर्णरुपमा क्षति भएको अवस्था छ । क्षति कम भएका कोठाबाट सेवा प्रवाह गर्न सक्ने वा नसक्ने केही भन्न सक्ने अवस्था छैन ।
‘हामीले बोल्न मिल्दैन, कसरी सेवा दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा बैठक बस्ने तयारी रहेको सुनिएको छ । उक्त बैठकले के निर्णय गर्छ, त्यही अनुसार अघि बढ्छौँ,’ ती कर्मचारी भन्छन् ।
कार्यालय आएका केही कर्मचारी कार्यालय पूर्णरुपमा क्षति भएकाले एक साताभन्दा अघि सेवा प्रवाह गर्ने अवस्था नदेखिएको बताउँछन् । सरकारले तत्काले सेवा सुरु गर्न निर्देशन दिएमा टेन्ट राखेर भएपनि काम गर्न सकिने कर्मचारी बताउँछन् ।
खरानी भएको भग्नावशेषमा सेवा खोज्दै सेवाग्राही
जिल्ला प्रशासन कार्यालय काठमाडौँको अहिले भग्नावशेष मात्रै बाँकी छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालले आन्दोलनकारीलाई गोली ठोक्न प्रहरीलाई आदेश दिएपछि रुष्ट बनेका प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ बढी निशानामा परेको थियो ।

आगजनीले भग्नावशेष मात्र बाँकी रहेको कार्यालयमा आइतबार सेवाग्राही पनि आए । बिहान १० बजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पासपोर्ट र नागरिकता बनाउन सेवाग्राही आउन थालेका छन् । प्रशासन कार्यालयभित्र भेटिएका एक युवकले विदेश जाने तयारीमा रहेकाले पासपोर्ट बनाउन आएको बताए । तर उनको काम हुनसक्ने अवस्था छैन ।
त्यस्तै, अर्का एक सेवाग्राहीको छाप मात्रै लगाउनुपर्ने थियो । नागरिकताको लागि भन्दै कर्मचारीलाई सोधे । एक कर्मचारीले आन्दोलन फाइल छाप सबै खरानी बनाएकाले तत्काल केही गर्ने अवस्था छैन नरहेको जवाफ उनलाई दिए ।
सडक विभाग पनि पूर्ण क्षति
जेनजीहरुको आन्दोलनका क्रममा काठमाडौंस्थित बबरमहलको केन्द्रीय कार्यालय पूर्णरुपमा क्षति पुगेको छ । आन्दोलन हिंसामा परिणत हुँदा आगजनी र तोडफोडका कारण विभागको मुख्य भवन पूर्णरूपमा जलेको छ । पार्किङमा राखिएका सबै सवारीसाधन पनि जलेर नष्ट भए भएका छन् ।

बबरमहलको भवनभित्र पाँचवटा महाशाखा पूर्णरुपमा जलेका छन् । आगलागीबाट भवन मात्र नभई भवन परिसरमा पार्किङ गरेर राखिएका ६३ वटा गाडी समेत जलेर ध्वस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण