इन्जुरी समयमा पेनाल्टी पाउँदा लिभरपुलको जित
आइतबार, २९ भदौ २०८२, २० : ५७
काठमाडौँ । इन्जुरी समयमा पेनाल्टी पाउँदा प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीमाथि जित हात पारेको छ ।
आइतबार भएको खेलमा लिभरपुलले खेलको इन्जुरी सयमा पेनाल्टी पाउँदा १० खेलाडीमा सिमित बर्नलीलाई उसकै घरेलु मैदानमा १–० गोल अन्तरले हराउन सफल भयो ।
लिभरपुललाई जित दिलाउन मोहम्द सलाहले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी सयमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
त्यसअघि बर्नली खेलको ८४औँ मिनेटमा लिस्ले गोचुकोले रातोकार्ड खाँदा १० खेलाडीमा सिमित भएको थियो । जितसँगै लिभरपुलले चार खेलबाट १२ अङ्क जोडेर शीर्ष स्थानमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
पराजित बर्नली ३ अङ्क जोडेर तालिकाको १७औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण