पुनः निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने
सारांश
- नेपाल इञ्जिनियर्स एसोसिएसनले क्षतिग्रस्त संरचनाको पुनः निर्माणका लागि प्राविधिक सहयोग गर्ने भएको छ।
- एसोसिएसनले जेनजी आन्दोलनका क्रममा भत्किएका संरचनाको मूल्याङ्कन गर्नेछ।
- संस्थाले सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एसोसिएसनको भवनको निरीक्षण सुरु गरेको छ।
काठमाडौँ। देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनः निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ ।
एसोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनः निर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए ।
“विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनः निर्माण गर्न ठुलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।
एसोसिएसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एसोसिएसनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरेको एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।
उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनः निर्माणको सम्भाव्यता अध्ययन एवं मूल्याङ्कन हुने अध्यक्ष बरालले बताए । उनले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण