राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गरे।
- उनले जितिया पर्वले सुख, शान्ति र समृद्धि ल्याउने कामना गरे।
- जितिया पर्व विशेष गरी तराई क्षेत्रका महिलाहरूले मनाउँछन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुतामा योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूले आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता र शान्तिको कामना गर्दै भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै मनाउने गरिन्छ।
आश्विन कृष्णपक्षको अष्टमी तिथिमा महिलाहरू कठोर उपवास बस्दै शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ।
उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त नेपालमा मौलिक पर्वहरूले आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम कायम गर्दै महिलाप्रतिको श्रद्धा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याइरहेको बताए।
राष्ट्रपति पौडेलले सन्देश मार्फत भनेका छन्, “नेपाली मौलिक सांस्कृतिक सम्पदाको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण निर्माण गर्न र सदाचारयुक्त जीवनशैली अपनाउन यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण