यस्तो छ कार्की नेतृत्वको मन्त्रिपरिषद्को कार्यविभाजन
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन्।
- नवनियुक्त मन्त्रीहरूले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्, जसले कार्कीको मन्त्रिपरिषद्लाई चार सदस्यीय बनाएको छ।
- प्रधानमन्त्री कार्कीले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन्, जसमा रामेश्वर प्रसाद खनालले अर्थ मन्त्रालय र अन्य मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति पौडेलज्यूसमक्ष नवनियुक्त मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । योसँगै कार्कीको नेतृत्वको मन्त्रिपरिषद् चार सदस्यीय बनेको छ ।
कार्यविभाजन अनुसार प्रधानमन्त्री सुशीला कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेकी छन् ।
रामेश्वर प्रसाद खनालले अर्थ मन्त्रालय सम्हाल्नेछन् । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । ओम प्रकाश अर्याललाई गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण