शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

सोमबार, ३० भदौ २०८२, १३ : ०७
सोमबार, ३० भदौ २०८२

काठमाडौँ । व्यापारिक घराना गोल्यान ग्रुपले विगतलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ । गत साता भएको जेनजी सङ्घर्षको सन्दर्भमा उसले यसका लागि प्रत्येक संस्था, व्यापारिक प्रतिष्ठान र हरेक व्यक्ति एकजुट हुनुपर्ने बताएको छ ।

‘अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिवद्धताको आवश्यकता छ’ आइतबार उसले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौँ ।’

गोल्यानले सङ्घर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ ।  ‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ अनि हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डोर्याउँछ,’ उसले भनेको छ ।

पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्तिलाई उसले इतिहासको एक नयाँ अध्याय भनेको छ । ‘हाम्रो राष्ट्रको भविष्य अब विगतमा सीमित छैन भन्ने गहन घोषणा पनि हो,’ उसको भनाइ छ ।

यस क्षणमा पुग्नका लागि राष्ट्रले ठुलो मूल्य चुकाएको र परिवर्तनका लागि सहादत प्राप्त गर्ने सबैको सपनाप्रति दृढ संकल्पित हुनुपर्ने उसले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप