ललितपुरमा निर्माणाधीन घरमा करेन्ट लागेर एक जनाको मृत्यु
सोमबार, ३० भदौ २०८२, १५ : १५
सारांश
- ललितपुरको हरिसिद्धिमा निर्माणाधीन घरमा करेन्ट लाग्दा सुनसरीका एक व्यक्तिको मृत्यु भएको छ।
- ४५ वर्षीय उपेन्द्र परियारलाई करेन्ट लागेपछि किष्ट अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो।
- मोटर अन गर्ने क्रममा करेन्ट लागेको र मृतकका परिवारका सदस्य सम्पर्कमा आएका छैनन्।
काठमाडौँ । ललितपुरको हरिसिद्धिमा निर्माणाधीन घरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी घर भएका ४५ वर्षीय उपेन्द्र परियार छन् ।
निर्माणाधीन घरमा आइतबार साँझ करेन्ट लागेपछि उनलाई उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पतालमा लगिएको थियो । उपचारको क्रममा परियारको मृत्यु भएको सो घर निर्माणको ठेक्का लिएका उपेन्द्रसिंह कुँवरले जानकारी दिए ।
मोटर अन गर्दा उनलाई करेन्ट लागेको हो । मृतकका परिवारका सदस्य सम्पर्कमा आएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण