खण्डहरबाट माथि उठ्न खोज्दैछ हेटौंडाको भाटभटेनी
सारांश
- हेटौंडाको भाटभटेनी सुपरमार्केट जेनजी आन्दोलनका क्रममा जलेर खण्डहर बन्यो।
- आगजनी अघि केही व्यक्तिले सामान लुटेर लगेका थिए, र करिब २०० जनाको रोजगारी गुमेको छ।
- कर्मचारीहरूले सरसफाइ गर्दै सुपरमार्केटलाई पुरानै अवस्थामा फर्काउन प्रयास गरिरहेका छन्।
मकवानपुर । जेनजी आन्दोलनका क्रममा हेटौंडाको भाटभटेनी सुपरमार्केट जलेर खण्डहरमा परिणत भयो । सिङ्गो भवन जलेर अस्थिपञ्जरमात्र बाँकी छ ।
हेटौंडा–२ स्थित चौकीटोलमा रहेको भाटभटेनीको भौतिक संरचना, बिक्रीका लागि राखिएका सामान जलेका छन् । आगजनीअघि आन्दोलनको भिडबाट आएका केहीले सामान लुटेर लगेका थिए ।
_Nw1XEF4lOo.jpg)
करिब २०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको भाटभटेनीले आर्थिक रूपमा क्षतिमात्र बेहोरेन, त्यहाँ कार्यरत कर्मचारीहरूको रोजीरोटीमाथि पनि ठुलो सङ्कट निम्त्याएको छ ।
रोजीरोटीका लागि भाटभटेनीमा आश्रित श्रमिक कर्मचारीहरू बिहीबारदेखि खरानी पन्छाउँदै सरसफाइमा जुटेका छन् । सोही क्रममा सोमबार पनि भाटभटेनीका अधिकांश कर्मचारी लामबद्ध भएर सरसफाइमा जुटेका थिए ।
_iN0UceRyMo.jpg)
कर्मचारीहरूले जलेका र्याकका टिन, जिप्सन बोर्ड, फुटेका सामग्री व्यवस्थापन गरिरहेका थिए । भाटभटेनीका एक कर्मचारीका अनुसार त्यहाँ कार्यरत सबै कर्मचारी सरसफाइमा खटिएका छन् ।
हेटौंडास्थित भाटभटेनी सुपरमार्केट पूर्ववत् अवस्थामा कहिलेदेखि सञ्चालन हुन्छ भन्नेमा अन्योल नै छ । यद्यपि कर्मचारीहरू आफ्नोतर्फबाट हुने पहल गरिरहेका छन् । कर्मचारीहरू खण्डहरबाट माथि उठेर फेरि भाटभटेनी जुर्मुराउने विश्वासमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण