जेनजी आन्दोलनका क्रममा लुटिएका सार्वजनिक सम्पत्ति फिर्ता गर्न प्रदेशसभा सचिवालयको आह्वान
सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कर्णाली प्रदेशसभा भवनमा आगजनी र लुटपाट भएपछि प्रदेशसभा सचिवालयले सार्वजनिक सम्पत्ति फिर्ता गर्न र घटनाको अनुसन्धानमा सहयोग गर्न आह्वान गरेको छ ।
आन्दोलनकारीले प्रदेशसभाका सबैजसो भवन र संसद हल पूरै जलाइदिएका छन् ।
सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिको फाइदा उठाउँदै केही स्थानीय समूहले प्रदेशसभा र सचिवालयबाट सार्वजनिक सामग्रीहरु लुटपाट र चोरी गरेका छन् । साथै, आगजनी जस्तो गम्भीर कार्य गरेको बुझिएको छ ।’
सचिवालयले सार्वजनिक सम्पत्तिको रुपमा रहेको सामग्रीहरु लुटपाट र चोरी गर्ने व्यक्तिहरुको पहिचान र खोजी कार्य सुरु गरेको जनाएको छ । संलग्न व्यक्तिहरुलाई कर्णाली प्रदेशसभा सचिवालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी लगिएका सामग्रीहरु फिर्ता गर्न आह्वान गरिएको छ । अन्यथा प्रचलित कानुन बमोजिम कडा कारवाहीको प्रक्रिया अघि बढाइने समेत चेतावनी दिइएको छ ।
त्यस्तै, तोडफोड, आगजनी, लुटपाट तथा चोरीको समयमा कसैले घटनाको फोटो तथा भिडियो खिचेको भए अनुसन्धानमा सहयोग पुर्याउन नजिकको प्रहरी कार्यालय वा सचिवालयमा जानकारी गराउन पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण