जितिया पर्वको व्रत समापन
सारांश
- जितिया पर्वमा महिलाहरूले सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निराहार व्रत समापन गरे।
- यो पर्व मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, र काठमाडौँलगायतका शहरहरूमा मैथिल समुदायले मनाउँछन्।
- महिलाहरूले तीन दिनसम्म विधिपूर्वक अनुष्ठान सम्पन्न गरी जितुवाहनको कथा वाचन गरेर व्रत समापन गरे।
धनुषा । महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत सोमबार समापन भएको छ ।
यो पर्वमा महिलाहरूले तीन दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ (दर) खाएर महिलाहरूले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरूले सोमबार बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।
व्रतको दोस्रो दिन महिलाहरूले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथा वाचन तथा पूजा–अर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्न ग्रहण गरी व्रत समापन गरिन्छ । विशेषगरी मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले यो पर्व भव्य रूपमा मनाइन्छ । जितिया कठोर व्रतमध्ये एक हो । महिलाहरू सन्तानप्रति मातृभाव र समर्पण प्रदर्शन गर्दै एक दिन–एक रात निराहार उपवास गर्छन् । धार्मिक विश्वासअनुसार यस व्रतले सन्तानको आयु लम्ब्याउने, स्वास्थ्य राम्रो बनाउने र सङ्कटबाट जोगाउने विश्वास गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण