उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर
सारांश
- तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएपछि युवाहरूले फोहोर उठाउन अभियान थालेका छन्।
- युवाहरू भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा फोहोर बढेपछि अभियान सुरु गरेको बताए।
- उपमहानगरपालिकासँग समन्वय गरी युवाहरूले ट्याक्टर भाडामा लिएर फोहोर उठाउन थालेका हुन्।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् ।
तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहर भएपछि यो अभियान थालेको बताए । “उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहर उठेको छैन”, वलीले भने, “फोहर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौँ ।” उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म आफूहरूले यो अभियान जारी राख्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उनले बताए । दुई कर्मचारी राखेर यसरी फोहर उठाउन थालिएको हो ।
समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उनको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहर उठ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण