बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पक्राउ

सात सय पाँच कैदीबन्दी पक्राउ

मङ्गलबार, ३१ भदौ २०८२, ०१ : ३०
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • रामधुनी नगरपालिकाको झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ७०५ जना पक्राउ परेका छन्।
  • जेनजी प्रदर्शनपछि सुरक्षा व्यवस्था खुकुलो पारेपछि कैदीबन्दी भागेका थिए र कारागारमा क्षति पुगेको थियो।
  • कारागारमा रहेका भारतीय र विदेशी कैदीबन्दी भागेका थिए र अन्यको खोजी कार्य जारी छ।

सुनसरी । सुनसरी रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

यही २३ र  २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए ।

कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि कारागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो गराइएको प्रहरी उपरीक्षक तिम्सिनाले उल्लेख गरे। उनका अनुसार कारागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए ।

कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेका उपरीक्षक तिम्सिनाले जानकारी दिए । सोमबार रातीसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उनले अन्यको खोजी कार्य जारी रहेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप