हङकङमाथि श्रीलंकाको संघर्षपूर्ण जीत
सारांश
- श्रीलंकाले हङकङलाई ४ विकेटले पराजित गर्दै एसिया कपमा जित हासिल गर्यो।
- पाथुम निस्सान्काको ६८ रनको इनिङ्स र हसरंगाको २० रनले श्रीलंकालाई जित दिलायो।
- समूह बी मा लगातार दोस्रो जितसँगै श्रीलंका सुपर-४ मा पुग्न सफल भयो, हङकङ भने बाहिरियो।
यूएई । एसिया कपको आठौँ खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटले पराजित गरेको। टोलीले १५० रनको लक्ष्य हासिल गर्न १९ ओभर लगाएको थियो।
ओपनर पाथुम निस्सान्काले ४४ बलमा ६८ रनको इनिङ्स खेले। उनी आउट हुने बित्तिकै टोलीले ८ रन बनाउँदा ४ विकेट गुमायो ।
तर दासुन शनाका र वानिन्दु हसरंगाले अन्ततः टोलीलाई जित दिलाए। हसरंगाले २० रनको योगदान दिए । कुशल परेरा पनि २० रन नै जोडेका थिए ।
सोमबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाले बलिङ रोज्यो। हङकङले ४ विकेट गुमाउँदै १४९ रन बनायो। टोलीबाट निजाकत खानले ५२ र अंशुमन रथले ४८ रन बनाए।
बलिङमा श्रीलंकाका दुष्मन्थ चामिराले २ विकेट लिए भने वानिन्दु हसरंगा र दासुन शनाकाले १-१ विकेट हात पारे ।
समूह बी मा लगातार दोस्रो खेल जितेर श्रीलंका सुपर-४ मा पुग्न लगभग सफल भयो। टोली ४ अंकसहित समूहमा शीर्षा स्थानमा पुग्यो। उनीहरूको अन्तिम खेल सेप्टेम्बर १८ मा अफगानिस्तानसँग छ।
अर्कोतर्फ, हङकङको टोली लगातार तेस्रो खेल हारेपछि एसिया कपबाट बाहिरियो। आज बंगलादेश र अफगानिस्तानबीचको खेल गर या मरको खेल बनेको छ। यदि बंगलादेश हारेमा बाहिरिनेछ भने अफगानिस्तान हारेमा श्रीलंकाविरुद्धको अन्तिम खेल जित्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण