शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँकाे सरसफाइ
सारांश
- शिवम् सिमेन्टले काठमाडौंमा आगजनी र तोडफोडपश्चात सरसफाइ कार्यक्रम सुरु गरेको छ।
- कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी फर्निचर सहयोग गरेको छ।
- शिवम् सिमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ र समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । जेनजी आन्दोलन पश्चात् काठमाडौँमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अस्तव्यस्ततालाई ध्यान दिँदै शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ ।
कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका सार्थ दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।

कम्पनीका अनुसार, वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरूमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र सहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

'वर्तमान परिस्थितिमा समुदाय र सहरको पुन निर्माणको लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौँलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौँ', कम्पनीले जनाएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण