छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब पुनःनिर्माण कोषमा
मङ्गलबार, ३१ भदौ २०८२, १४ : १५
सारांश
- छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले जेनजी आन्दोलनमा भएको क्षतिको पुनर्निर्माणका लागि सहयोग गर्ने घोषणा गरे।
- गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब भत्ता दिने निर्णय गरेका छन्, जसबाट ५ लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा जम्मा हुनेछ।
- अध्यक्ष विद्यानन्द चौधरीले आफू पनि जेनजी पुस्ताको भएको र आन्दोलनको समर्थन गरे पनि भौतिक क्षतिको पुनर्निर्माणमा सघाउने बताए।
काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको पुनःनिर्माणका लागि सहयोगको घोषणा गरेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणमा सहयोग पुर्याउने भन्दै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुको संयुक्त बैठकले दुई दिनको तलब भत्ता दिने घोषणा गरेको अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
जसबापत ५ लाख ५१ हजार रुपैयाँ राष्ट्रिय पुनर्निर्माण कोषमा प्रदान गरिने उनको भनाइ छ । अध्यक्ष चौधरी आफैं जेनजी पुस्ताका हुन् । ‘म आफैं जेनजी पुस्ताको मान्छे हो । आन्दोलनमा मेरो पनि समर्थन थियो । तर जुन भौतिक संरचनाहरूको क्षति भयो, त्यसले गर्दा नराम्रो लागेको छ । त्यसकै पुनः निर्माणको लागि सानो सहयोग गर्ने निर्णय गरेका हौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण