बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनका ४ सहिदको राजकीय सम्मानका साथ अन्त्येष्टि, तस्बिरहरू
जेनजी आन्दोलन

जेनजी आन्दोलनका ४ सहिदको राजकीय सम्मानका साथ अन्त्येष्टि, तस्बिरहरू

मङ्गलबार, ३१ भदौ २०८२

काठमाडौँ। गत हप्ता भएको जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका चार सहिदहरूको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा उनीहरूको अन्त्येष्टि गरिएको हो। यस क्रममा गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर शहीदहरूलाई सम्मान प्रकट गरेका थिए।

अन्त्येष्टि कार्यक्रममा जेनजी आन्दोलनका अभियन्ताहरू र सहिदका परिवारजनको उपस्थिति थियो। उनीहरूले ‘वीर सहिद अमर रहुन्’ र ‘सहिदको सपना पूरा गर्छौँ’ जस्ता नारा लगाएर सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

genz martyr (1)genz martyr (2)genz martyr (3)genz martyr (4)genz martyr (5)genz martyr (6)genz martyr (7)genz martyr (8)genz martyr (9)genz martyr (10)genz martyr (11)genz martyr (12)genz martyr (13)genz martyr (14)genz martyr (15)genz martyr (16)genz martyr (17)genz martyr (18)genz martyr (19)genz martyr (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया