भिजिट भिसामा तोकिएको मुलुकमा मात्र जाने व्यवस्था ट्रायलमा
काठमाडौँ । भिजिट भिसामा जाने यात्रुका लागी जुन देशको भिसा लागेको हो त्यही देशमा मात्र गन्तव्य हुने गरी अध्यागमन विभागले ट्रायल गरेको छ ।
‘वन्ली’लेखेर भिसा लागेको मुलुकमा मात्र जाने गरी ट्रायलको रूपमा लागु गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । उनले भने, ‘परीक्षणको रूपमा केही दिनअघि यो व्यवस्था लागु गरेका हौँ, प्रभावकारिताको समीक्षा गरेर थप निर्णय लिन्छौँ ।’
पछिल्लो दुई सातायता विमानस्थल अध्यागमन कार्यालयले खाडी जाने यात्रुहरूको राहदानीमै गन्तव्य मुलुकको नाम लेखेर ‘वन्ली’ छाप लगाएर प्रस्थान अनुमति दिने गरेको छ । यसअघि कुवेत जानेहरूले दुबई र कतारको भिसा लगाएर जाने र त्यहाँबाट कुवेतको भिसा लगाउने गरेका थिए ।
भिजिट भिसामा हुने असुली र अनियमितता रोक्न तथा गिरोहको सेटिङमा महिलाहरूलाई घरेलु कामदारमा अन्य मुलुकमा पठाउने प्रक्रिया रोक्न ट्रायलको रूपमा यस्तो प्रबन्ध सुरु गरिएको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् ।
बिचौलियाहरूले कतार, साउदी, युएई र ओमान लगायतमा भिजिट भिसामा लगेर त्यसपछि भिसा परिपवर्तन गरेर अन्यत्र पठाउने गरेको आरोप छ ।
भिटिज भिसामा सेटिङ गरेर करोडौं असुली गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण