ढुंगाले लागेर महिलाको मृत्यु
मङ्गलबार, ३१ भदौ २०८२, २१ : ४०
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड स्थित चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्सी खोलामा पहिरो खसेर एक जनाको मृत्यु भएको छ ।
तनहुँबाट चितवनतर्फ जाँदै गरेको ग.२ ख १८३६ नम्बरको बसमा सवार महिलाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा लमजुङको घले गाउँपालिका–३ घर भएकी ४६ वर्षीया ऐश्वर्या कामी छिन् ।
पहिरोसँगै खसेर ढुंगाले लागेपछि घाइते भएकी ऐश्वर्याको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै, इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा माथिबाट पहिरो खसेर दुईतर्फ सड्क अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण