फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
सारांश
- रौतहटको गौर कारागारबाट फरार कैदीबन्दीलाई प्रहरीले सम्पर्कमा आउन चेतावनी दिएको छ।
- फरार कैदीबन्दी सम्पर्कमा नआए कारागार ऐन २०१९ अनुसार थप सजाय हुने प्रहरीले जनाएको छ।
- प्रहरीले फरार कैदीबन्दीको खोजी कार्य जारी राखेको छ, जसमा सर्वसाधारणको सहयोगको अपेक्षा गरेको छ।
रौतहट । रौतहटको गौरस्थित कारागार कार्यालयबाट जेनजी आन्दोलनको दिन फरार भएका कैदीबन्दीहरुलाई थप कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै कैदीबन्दीबारे कुनै जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारी गर्दै प्रहरीले फरार कैदीबन्दीहरु सम्पर्कमा आएमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालय गौर, रौतहटमा जानकारी गराउन अनुरोध गरेको हो।
जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा प्रहरी र कारागार कार्यालयसँग सम्पर्क नगराई भागी हिँडेमा कारागार ऐन २०१९ को दफा ४४ को (१) बमोजिम तोकिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने ब्यहोरा समेत जानकारी गराइन्छ।”
प्रहरीले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्र बनाएको र सर्वसाधारणको सहयोग अत्यावश्यक रहेको समेत जनाएको छ।
कुल २९१ कैदी रहेको गौर कारागारबाट गत २४ गते राती २७ जना बाहेक सबै फरार भएका थिए। सो मध्ये हालसम्म कारागार गौरमा ११२ जना कैदी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताएका छन्।
गत २४ गते राति कारागारमा झैझगडा गरी फरार भएकाहरुमा १७ जनालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरी रौतहट प्रशासन लाई बुझाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ६८ जना कैदीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो भने १७९ जना कैदी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण