दसैँमा सार्वजनिक यातायातलाई यसरी व्यवस्थित गर्न सकिन्छ
दसैँको समयमा काठमाडौँबाट बाहिर जाने मानिसको संख्या अत्यधिक हुन्छ । यो चाडमा एक साताको अन्तरालमै करिब १५ लाख मानिस काठमाडौँबाट बाहिरिन्छन् ।
मेरो आजको खोजले काठमाडौँका विभिन्न स्थानबाट एक दिनमा झन्डै तीन हजार सवारी साधन बाहिरिन्छन्, बस तथा माइक्रोबस गरी । औसतमा एउटा सवारी साधनले २५ यात्रु बोक्ने अनुमान गर्दा पनि प्रतिदिन ७५ हजार यात्रु बाहिरिन्छन् ।
विशेषतः घटस्थापनापछि काठमाडौँबाट बाहिरिने बढ्छन् र यात्रु बढ्ने हुनाले नियमित सवारी साधनले पुग्दैन र थप्नुपर्ने हुन्छ । फूलपातीदेखि बिदाको अवधिमा यात्रुहरूलाई व्यवस्थित रूपमा बाहिर पठाउने योजना बनाउन सकिन्छ ।
समस्या समाधानका लागि अलिकति ‘आउट अफ द बक्स’ सोच आवश्यक छ । दसैँको समयमा मात्रै नयाँ बस किन्ने सम्भावना छैन तर नेपाल प्रहरी, आर्मी, सरकारी निकाय र निजी स्कुल–कलेजका बसहरूलाई प्रयोग गरेर यातायात व्यवस्थापन गर्न सकिन्छ ।
यी बसको अवस्था र चालकको दक्षता जाँच गरेर प्रयोग गर्न सकिन्छ । न्यूनतम शुल्क लिएर यिनीहरूलाई सार्वजनिक यातायातसँग जोड्न सकिन्छ । यसरी यात्रुहरूको संख्यालाई आवश्यकतानुसार व्यवस्थित गर्न सकिन्छ ।
यस्तै टिकट बुकिङ डिजिटल माध्यमबाट व्यवस्थित गर्न सकिन्छ । कार्यालयहरूले दसैँको समयमा छुट्टै छुट्टी तालिका बनाएर यात्रा चाप कम गर्न सकिने सम्भावना छ ।
(गजुरेल यातायातविज्ञ हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण