जेनजी विद्रोहले परिवर्तन ल्यायो, अब अस्थिरतामा जान नदिऔं
भदौ २३ र २४ गतेको जेनजी विद्रोहले ल्याएको परिवर्तनपछि सबैलाई नयाँ ढंगले सोच्न उत्प्रेरणा जागेको छ । हामीले नयाँ विचार, कार्यक्रम र नेतृत्व निर्माण गर्न सक्छौं कि सक्दैनौं ? देशको भविष्य त्यसैमा निर्भर हुनेछ ।
यस आलेखमा विद्रोहको कारण र परिणाम, अनि नयाँ विचार तथा कार्यक्रम र नेतृत्वमा केन्द्रित रही संक्षिप्त चर्चा गरिन्छ ।
जेनजी विद्रोहको तत्कालीन कारण युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध हो । तर यति मात्रै कारण चाहिँ होइन, भ्रष्टाचार, बेथितिले उनीहरुलाई सडकसम्म आउन बाध्य बनायो ।
आम नागरिकलाई भूकम्पजस्तै लाग्ने जेनजी विद्रोहको पहिलो कारण भ्रष्ट र बदनाम शासकको सिण्डिकेट हो । ठोस रुपमा तीन ठुला दलका प्रमुख नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकाधिकारी वर्चस्व हो । जो जनताको नजरमा परीक्षित, बदनाम, असक्षम र असफल थियो ।
नेपालको संविधान-२०७२ ले अवलम्बन गरेको समाजवादउन्मुख राजनीति र दलाल पुँजीवादी अर्थनीतिको विरोधाभाष थियो । परिणामतः राज्यको न आफनो उत्पादन थियो, न त उत्पादन र आत्मनिर्भरताको नीति र कार्यक्रम नै थियो । त्यसैले सत्तासीन उच्च वर्गको तथाकथित प्रगतिको आधार कमिसन र भ्रष्टचार बन्यो । सिद्धान्ततः भ्रष्टचारसँग नातावाद र कृपावाद पनि अन्तरसम्बन्धित हुन्छ । त्यसैले बढ्दो भ्रष्टाचार, नातावाद र कृपावाद जेनजी विद्रोहको दोस्रो कारण बन्यो ।
नयाँ राजनीतिक व्यवस्था गणतन्त्र, राजनीतिक शक्ति माओवादी र हेर्न बाँकी बहुमतको कम्युनिस्ट सरकारबाट अपेक्षित परिणाम नआएपछि जनतामा चौतर्फी निराशा र असन्तुष्टि बढ्दै गयो । जनताले परिवर्तन र नयाँ विकल्पको खोजी गरे । जसलाई बेवास्ता गर्दा विद्रोहमा विस्फोट भयो ।
पछिल्ला केही देशका परिवर्तनले त्यो तथ्य देखाउँछन् । नेपालमा पनि त्यो समस्या पैदा हुने खतरा छ । त्यसैले २१ औं शताब्दीको भूमण्डलीकृत विश्वमा राष्ट्रिय स्वाधीनताको जगमा प्रगतितर्फ बढ्ने विचार आवश्यक छ ।
विद्यमान भ्रष्ट व्यवस्थाविरुद्ध लड्दा नेकपाले प्रतिबन्ध झेलेको थियो । त्यसैले नेकपा लगायत अन्य वाम प्रगतिशील शक्तिको जागरण र संघर्ष पनि यो विद्रोहको एक महत्वपूर्ण कारण हो ।
आईएनजीओ र एनजीओको जन्म २० औं शताब्दीमा समाजवादको लहर र कम्युनिस्टको लोकप्रियता रोक्न भएको थियो । अहिले चर्चामा ‘हामी नेपाल’ र ‘बारबरा फाउन्डेसन’ छन् । नेपालमा आईएनजीओ र एनजीओको लगानी र प्रशिक्षण युवा विद्रोहको महत्वपूर्ण कारणमध्ये एक हो ।
बहुध्रुवीय विश्वमा नेपालमा विगतको भारतीय हस्तक्षेपलाई पछि पार्दै पश्चिमा शक्ति खासगरी अमेरिकी हस्तक्षेप बढ्दो छ । एमसीसीको पुनरागमन त्यसैको प्रमाण हो । एमसीसी र वीआरआईको टक्करको पृष्ठभूमिमा अमेरिकाको एकीकृत आक्रामकता पनि एक कारक हो । राजावादीको संघर्ष पनि एक अर्को कारण हो ।
जेनजी युवा विद्रोहको पहिलो परिणाम अन्तरिम सरकार हो । यद्यपि गैरराजनैतिक सरकार बन्नु राम्रो होइन र यो विद्रोहको भावना विपरीत पनि छ । तर सडकबाट युवा विद्रोहको बलमा नयाँ सरकार बन्नु ऐतिहासिक महत्वको परिणाम हो । यसले युवाको नेतृत्वदायी भूमिकालाई स्थापित गरेको छ, जुन कुरा नजरअन्दाज गर्दा प्रत्युत्पादक हुनेछ ।
जेनजी विद्रोहले नयाँ राजनीतिक परिवर्तन ल्याएको छ । पुरानो संविधान व्यवस्थाले काम नगरेको र नयाँ संविधान व्यवस्था बनी नसकेको संक्रमणकाल यो विद्रोहको दोस्रो परिणाम हो । संक्रमणकाल जति लम्बिन्छ, त्यति समस्या बढ्छ भन्ने तथ्य मनन् गर्नैपर्छ ।
जब कलिला विद्यार्थीहरु गोलीले ढले, तब विद्रोह अनियन्त्रित भयो, घुसपैठ भयो र विध्वंश मच्चायो । अवश्य पनि विध्वंश विद्रोहको नकरात्मक र नयाँ पुस्ताको बलिदान सकरात्मक परिणाम हो । जसलाई सम्बोधन गर्नुपर्छ । यो नयाँपुस्ताको उच्च बलिदानी जनतालाई हेप्ने भ्रष्ट अहंकारी शासकलाई गम्भीर चेतावनी हो । जसले जनबलको उचाइ छुँदै युवालाई नेतृत्वदायी शक्तिको रुपमा अगाडि ल्यायो ।
जेनजी विद्रोहले नयाँ राजनीतिक परिवर्तनका लागि उत्प्रेरित गरेको छ । प्रतिगामी र यथास्थितिवादीलाई जबर्जस्त दबाब सिर्जना गरेको छ, जसलाई महत्त्वपूर्ण परिणामको रुपमा लिनुपर्छ ।
जेनजी विद्रोहको मूर्त परिणाम भनेको नयाँ निर्वाचन हो । जसले नयाँ राजनीतिक परिवर्तनलाई थप ठोस आकार दिने अपेक्षा गरिएको छ । देश र जनतालाई अहिलेको भन्दा असल अवस्थामा लैजान नयाँ विचार, कार्यक्रम र केन्द्रको आवश्यकता छ ।
आजको भूमण्डलीकृत र ध्रुवीकृत विश्वमा तेस्रो विश्वका राष्ट्रियता खतरामा छन् भन्ने कुरा पछिल्लो लिपुलेक सम्झौता र एमसीसीको पुनरागमनले स्पष्ट पार्छ । त्यसैले आज देशलाई नवउपनिवेशवादबाट मुक्त गर्ने र पञ्चशीलको सिद्धान्तमा समयानुकूल विकास गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने विचार आवश्यक छ । केवल संविधानमा लेख्दैमा देश स्वाधीन नहुँदो रहेछ । क्रान्तिले कि नेता जन्माउँछ, कि नेताले क्रान्ति जन्माउँछ । जब त्यो हुँदैन तब ती देशमा बाह्य हस्तक्षेप र आन्तरिक समस्या झन् बढ्छ । नेतृत्वविहीनता, अस्थिरता र निरंकुशताको समस्या आउँछ ।
पछिल्ला केही देशका परिवर्तनले त्यो तथ्य देखाउँछन् । नेपालमा पनि त्यो समस्या पैदा हुने खतरा छ । त्यसैले २१ औं शताब्दीको भूमण्डलीकृत विश्वमा राष्ट्रिय स्वाधीनताको जगमा प्रगतितर्फ बढ्ने विचार आवश्यक छ ।
आज नेपालको प्रमुख समस्या दलाल पुँजीवादको हो भने समाधान वैज्ञानिक समाजवाद हो र मौलिक विकास नेपाली विशेषताको समाजवाद हो । तर यो समाजवाद नआउँदै बदनाम भएर समाप्त हुने खतरा छ । त्यसैले सबै समाजवादी गम्भीर हुनुपर्छ । त्यसका लागि प्रतिगामी (राजतन्त्रको पुनर्स्थापना) र यथास्थितिवादी (संसद्वादको पुनरावृत्ति) समस्यासँग संघर्ष गर्न जरुरी छ ।
जेनजी विद्रोह स्वत:स्फूर्त हो कि सुनियोजित ? सफल कि असफल ? विश्लेषण भइरहेको छ । स्पष्ट रुपमा यसले पुरानो दलाल पुँजीवादी राज्यमाथि जबर्जस्त धक्का दिएको छ । जनमुखी राज्य निर्माणका लागि युवापुस्तालाई मध्यनजर गर्दै नयाँ विचार, कार्यक्रम र नेतृत्व विकासमा सबैलाई सोच्न बाध्य पारेको छ ।
समस्याको अग्रगामी निकासका लागि नेपाली विशेषताको समाजवादी विचार अपरिहार्य छ । किनभने समाजवादले आर्थिक आधार र जीवन बदल्छ । जो नेपालमा हुनै सकेको छैन । वैचारिक स्पष्टता विनाको राजनीति संकटको सुस्केरा त हो, समाधान होइन । त्यसैले ‘विचारको कुरा गरेर काम छैन’ भन्ने पनि विचार नै हो । वस्तुतः विचारविहीनता भनेको मानवविहीनता हो ।
नयाँ राजनीतिक कार्यक्रम राज्यको अग्रगामी पुनर्संरचना र संविधान पुनर्लेखन हुन आवश्यक छ । राज्यको समाजवादी रुपान्तरण तथा पुनर्संरचनाविना कार्यकारी प्रमुख, प्रदेश संरचना खारेजी, निर्वाचन प्रणालीको परिवर्तन, विज्ञको मन्त्रिपरिषद्, मन्त्री र सांसद संख्यामा घटौती आदिले कुनै गुणात्मक परिवर्तन वा परिणाम ल्याउँदैन । मुख्यरुपले श्रम-उत्पादन अर्थनीति, भूमि, वैदेशिक, शिक्षा, स्वास्थ्य नीति र राज्यको राजनीतिक नेतृत्वमा परिवर्तन नभई कुनै नयाँ परिणाम निस्किँदैन । यहाँ परिवर्तनको नाममा देश पराधीन भएर दलाल पुँजीवादको भिन्न रुप स्थापित हुने खतराप्रति सचेत हुन आवश्यक छ ।
पार्टीहरु यही रुपमा रहिरहन अब कठिन छ । त्यसैले पार्टीहरुको पुनर्गठनको ठोस कार्यक्रम बनाई कार्यान्वयनमा लैजानुपर्छ । पुनर्गठन गर्दा नेतृत्व प्रणालीमा परिवर्तन र युवाहरुको सहभागिताका साथै श्रम–उत्पादन र आत्मनिर्भरतालाई आधार बनाउन सकिन्छ । राज्य रहेसम्म खराब राजनीति, पार्टी र नेताको विकल्प असल राजनीति, पार्टी र नेता हुन्छन्/हुनुपर्छ, न कि अराजनीति, पार्टी र नेतृत्वविहीनता ।
आज जेनजी विद्रोहपछि अराजनीति, पार्टी र नेतृत्वविहीनताको राजनीति भइरहेको छ । यदि पार्टीहरु रुपान्तरण भएनन् भने यही राजनीतिले निरन्तरता पाउने र देश थप अस्थिरतामा जानेछ ।
आजको विषम परिस्थितिमा समस्याको समाधान एक्लै होइन, एकीकृत भएर मात्र दिन सकिन्छ । त्यसैले नयाँ देशभक्त लोकतान्त्रिक समाजवादी कम्युनिस्ट केन्द्र बनाउन अत्यावश्यक छ । यो सन्दर्भमा विप्लवको विश्लेषण र प्रस्ताव मननीय छ । उनले भनेका छन्- ‘वस्तुत: नेपालको राजनीति एवं कम्युनिस्ट आन्दोलनमा नयाँ केन्द्र र धारको निर्माण अनिवार्य बन्न पुगेको छ ।’ (भदौ २३–२४ सम्पन्न केन्द्रीय समितिको सातौं पूर्ण बैठकबाट पारित प्रतिवेदन) ढिला नगरी विप्लवको प्रस्ताव गम्भीरतापूर्वक लिएर कार्यरुप दिन जरुरी छ ।
जेनजी विद्रोह स्वत:स्फूर्त हो कि सुनियोजित ? सफल कि असफल ? विश्लेषण भइरहेको छ । स्पष्ट रुपमा यसले पुरानो दलाल पुँजीवादी राज्यमाथि जबर्जस्त धक्का दिएको छ । जनमुखी राज्य निर्माणका लागि युवापुस्तालाई मध्यनजर गर्दै नयाँ विचार, कार्यक्रम र नेतृत्व विकासमा सबैलाई सोच्न बाध्य पारेको छ ।
यद्यपि शासकीय चिन्तनले आफ्नो पतन देख्दैन, त्यसैले ऊ पतन हुन्छ । हामीले राष्ट्रिय स्वाधीनता र नेपाली विषेशताको समाजवाद केन्द्रमा राखेर राज्यको पुनर्संरचनासहित संविधानको पुनर्लेखन गर्न सकेमा देशको भविष्य उज्ज्वल छ । यदि यसो गर्न सकिएन भने थप अस्थिरता र पराधीनता बढ्नेछ र देश अँध्यारो सुरुङमा फस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण