सुधारगृहमा युवकको मृत्यु, शंकास्पद भन्दै निष्पक्ष छानबिन गर्न परिवारको माग
धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा रहेको उग्रतारा सुधारगृहमा राखिएका एक युवकको ज्यान गएको छ ।
डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार मल्लको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि मल्ललाई करिब चार महिनाअघि परिवारले सुधार गृहमा भर्ना गरेको थियो ।
औषधी सेवन गरेर साँझ ७ बजे सुतेका मल्लले राति करिब १० बजे पेट दुख्यो भनेका थिए। त्यसपछि उनी पुनः सुतेको बताइएको छ । सुधार गृहको सीसीटीभी फुटेजमा उनी राति पौने २ बजेतिर शौचालय गएको देखिएको प्रहरीले जनाएको छ ।
'सीसीटीभीमा उनले आफैँ छाती पिटेर शौचालय गएको देखिन्छ, सँगै रहेका साथीहरूले उनी लामो समयसम्म शौचालयबाट नफर्किएपछि हेर्न जाँदा अचेत अवस्थामा फेला पारेका रहेछन्,' उनले भने ।
अचेत अवस्थामा भेटिएपछि उनलाई तत्कालै पद्मा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा
-
पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण