जेनजी आन्दोलनको असर पुँजी बजारमा : १६० अंकले घटेर बन्द भयो सेयर कारोबार
सारांश
- जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट ब्रेक लाग्यो र बन्द भयो।
- बिहीबार नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि तेस्रो सर्किट ब्रेक लाग्यो र कारोबार बन्द भयो।
- सात दिनपछि खुलेको नेप्सेमा सुरुमै नकारात्मक सर्किट ब्रेक लागेर कारोबार स्थगित भयो।
काठमाडौँ । विध्वंसात्मक जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचक नकारात्मक सर्किट ब्रेक लागेर आजका लागि बन्द भएको छ ।
बिहीबार नेप्से परिसूचक ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आजको लागि सेयर कारोबार बन्द भएको छ ।
सात दिनपछि खुलेको नेप्से सुरुमा नै नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर पुनः दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लागेसँगै नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको थियो ।
गत भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से सात दिन पछि कारोबार हुँदा १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण