रौतहटमा सुशासन प्रवर्द्धन र नियन्त्रणका लागि १९ बुँदे निर्णय
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको बैठकले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको हो।
बैठकले सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता अभियानलाई प्रभावकारी बनाउन विभिन्न ठोस कदम चाल्ने सहमति गरेको छ ।
अबदेखि कार्यालय बाहिर वा जिल्लाबाहिर काम गर्ने क्रममा सरकारी इन्धन, सवारी साधन वा अन्य सुविधा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाइने छैन ।
व्यक्तिगत प्रयोजनका लागि खर्च भएको बिल बुझाइने र भुक्तानी गरिने प्रथालाई पूर्णरूपमा रोक लगाइएको छ ।त्यस्तै हरेक कार्यालयले मासिक, त्रैमासिक र वार्षिक आय–व्यय विवरण अनिवार्य रूपमा वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।
सबै पालिकाले अघिल्लो वर्षको आय–व्यय विवरण, चालु वर्षको बजेट विवरण र खर्चको स्थिति समेत सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।
आर्थिक प्रशासन, योजना, शिक्षा, स्वास्थ्यलगायतका शाखाहरूले आ–आफ्ना आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।
कुनै पनि आयोजना वा योजनामा हुने खर्च, कर, दस्तुर, दान, अनुदान वा अन्य आर्थिक सहायता सम्बन्धी विवरण समयमै सार्वजनिक नगरेसम्म कुनै पनि भुक्तानी वा निकासा नहुने चेतावनीसमेत दिइएको छ ।
योजना, प्रशासन र लेखा शाखाका प्रमुखहरूले पाउने भत्ता, सुविधा वा आर्थिक सहायता अब कार्यसम्पादनसँग प्रत्यक्ष जोडिने गरी निर्धारण गरिने भएको छ ।
नागरिकलाई सजिलो हुने गरी प्रत्येक तहका कार्यालय प्रमुखले पारदर्शी ढङ्गले विवरण सार्वजनिक गर्नुपर्ने र सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने प्रतिबद्धता समेत गरिएको छ ।
यससँगै सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन जिल्ला स्तरदेखि पालिका तहसम्म निगरानी समिति गठन गर्ने सहमति समेत भएको छ ।
बैठकमा सीडीओ खड्कासँगै नेपाल प्रहरीका प्रहरी उपरीक्षक(एसपी) नेत्र मणि गिरी, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, जिल्लाका १८ वटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण