शरद ओझालाई हाजिर नगराउन मन्त्रालयले पठायाे प्राधिकरणलाई पत्र
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई काम नगर्न नगराउन भन्दै ध्यानाकर्षण सहितको पत्र पठाएको छ ।
बिहीबार अर्थ मन्त्रालयले प्राधिकरणलाई अध्यक्षको हैसियतमा ओझालाई काम नगराउन भन्दै पत्र पठाइएकाे मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
उनका अनुसार अदालतको आदेश भन्दै ओझा जबरजस्ती हाजिर गराउन गएको भन्दै रोक्नको लागि मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएकाे हाे ।
‘ओझालाई मन्त्रालयको निर्णय र छलफलबिना हाजिर गराएको भन्ने सुनिएकाले हाजिर नगराउनका लागि ध्यानाकर्षण सहितको पत्र पठाइएको छ,’ उनले भने ।
मंगलबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको भन्दै ओझा प्राधिकरण पुगेका थिए ।
गत भदौ २ गते नियुक्तिमा नक्कली कागजात भेटिएको भन्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वकाे मन्त्रिपरिषद्ले ओझलाई बर्खास्त गरेको थियो ।
सरकारले बर्खास्त गरेपछि भदाै २२ गते रिट लिएर ओझा सर्वोच्च अदालत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण