आजपाले बोलायो केन्द्रीय कमिटी बैठक
बिहीबार, ०२ असोज २०८२, १६ : ३२
सारांश
- आजपाको केन्द्रीय कमिटी बैठक काठमाडौंमा शनिबार बस्दैछ, जसमा नयाँ परिस्थितिबारे छलफल हुनेछ।
- पछिल्लो राजनीतिक अवस्थाबारे धारणा बनाउन बैठक बोलाइएको हो, जसमा पुरानो व्यवस्था स्वीकार्य नहुने कुरा उठाइनेछ।
- आजपाले संघीय सरकार र अन्य निकायहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै नयाँ संविधान र सरकारको माग गरेको छ।
काठमाडौँ । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । नयाँ तथा विकसित परिस्थितिबारेमा धारणा बनाउन शनिबार काठमाडौँमा केन्द्रीय कमिटी बैठक आजपाले बोलाएको हो ।
आजपा केन्द्रीय कार्यालयका सदस्य त्रिभुवन साहले पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको जनाएका छन् । नेपाली जनताले सबै कुरा अस्वीकार गरिसकेको अवस्थामा पुरानै व्यवस्थालाई स्वीकार गर्न नसकिने उनले बताए ।
संघीय सरकार मात्र नभई ७६१ वटै सरकार र सबै निकाय भ्रष्टाचारमा लिप्त भएकाले संघीय सरकार परिवर्तन गरेर नेपाली जनताको अवस्था परिवर्तन नहुने आजपाले जनाएको छ ।
प्रभु साह नेतृत्वको आजपाले नयाँ संविधान र नयाँ सरकारको माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण