सेवा प्रवाहमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन
बिहीबार, ०२ असोज २०८२, १६ : ३२
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न निर्देशन दिए।
- उनले सेवा प्रवाह सुधार गर्न जरुरी रहेको र नयाँ पुस्ताले पुरानो शैली स्वीकार नगर्ने बताए।
- भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएको सेवा प्रवाह सुचारु गर्न निर्देशन दिए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आज बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताएका हुन् ।
उनले पुरानो अवस्थामा अघि बढ्न खोज्दा नयाँ पुस्ताले स्वीकार नगर्ने भएकोले सेवा प्रवाह सुधार गर्न जरुरी रहेको बताए ।
मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएको सेवा प्रवाह तत्काल सुचारु गर्न विषयगत मन्त्रालयहरूलाई निर्देशन समेत दिए ।आन्दोलनका क्रममा भएको भौतिक क्षतिबारे जानकारी दिँदै उनले मर्मत सम्भार गरेर कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण