मुख्यमन्त्री बानियाँले गरे जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनाको निरीक्षण (तस्बिरहरू)
बिहीबार, ०२ असोज २०८२, १६ : ४१
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी आन्दोलनमा क्षति पुगेका संरचनाको निरीक्षण गरे।
- भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा प्रदेश सरकारका संरचनामा क्षति पुगेको थियो।
- मुख्यमन्त्रीले प्रदेशसभा सचिवालय लगायतका कार्यालयहरूको निरीक्षण गरेका थिए, जहाँ तोडफोड र आगजनी भएको थियो।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा क्षति भएको प्रदेश सरकार अन्तर्गतका संरचनाहरूको उनले निरीक्षण गरेका हुन् ।
_pMK9Qfgrog.jpg)
उनले बिहीबार प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायको निरीक्षण गरेका छन् । जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका ९ मन्त्रालय तथा मातहतका कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको थियो ।
तोडफोड र आगजनीबाट प्रादेशिक कार्यालयहरूको संरचना तथा सवारी साधनमा क्षति पुगेको थियो ।
_eaRIwwyQmv.jpg)
_69I0hipheI.jpg)
_Twbuj7pvBR.jpg)
_x3NDKrZrjo.jpg)
_8rWpDtRPmN.jpg)
_jOlXierElj.jpg)
_YyV9sbohmJ.jpg)
_2eTFCq8wwX.jpg)
_5dz3QnCe6M.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण