राष्ट्रियसभा समितिका सभापतिसँग अध्यक्ष दाहालको छलफल
बिहीबार, ०२ असोज २०८२, १६ : ४९
सारांश
- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति सभापति र सचिवहरूसँग छलफल गरे।
- अध्यक्ष दाहालले बदलिएको राजनीतिक परिस्थितिमा समितिका बैठक र काम नियमित गर्न निर्देशन दिए।
- छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे लगायतका व्यक्तिहरूको सहभागिता थियो।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् । बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा अध्यक्ष दाहालले बिहीबार सभापतिहरूसँग छलफल गरेका हुन् ।
सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी समितिका बैठक तथा काम कारबाहीहरू नियमित गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण