अपडेट
सेनाको सुरक्षाबाट बाहिरिए ओली
बिहीबार, ०२ असोज २०८२, १८ : ३१
सारांश
- पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।
- ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि शिवपुरीमा सेनाको सुरक्षामा बसोबास गर्दै आएका थिए।
- पार्टीले औपचारिक जानकारी नदिए पनि ओली हाल गुन्डु क्षेत्रमा बसिरहेका छन्।
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।
भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटार छाडेका थिए । त्यसयता उनी शिवपुरीमा सेनाको सुरक्षामा बस्दै आएका थिए ।
सुरक्षा स्रोतले दिएको जानकारी अनुसार ओली हाल गुन्डु क्षेत्रमा बसिरहेका छन् । आन्दोलनका क्रममा ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो।
ओली सेनाको सुरक्षाबाट बाहिरिए पनि यसबारे पार्टीले औपचारिक जानकारी दिएको छैन। यसअघि, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाललगायत सुरक्षाबाट बाहिरिइसकेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सुरक्षा घेरमा नै उपचाररत छन् । आन्दोलनका क्रममा उनीमाथि हातपात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण