‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केही कार्यसमिति सदस्यहरूले एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालका ‘होम म्याच’ विदेशी मैदानमा सार्ने निर्णयप्रति असहमति व्यक्त गरेका छन् ।
एन्फाले नेपाल र भियतनामबिचको ‘होम एन्ड अवे’ खेल दुवै भियतनाममै आयोजना गर्ने भएको छ। उक्त खेल अक्टोबर ९ र अक्टोबर १४ मा हुनेछ ।
यसमा वरिष्ठ उपाध्यक्ष वीर हादुर खड्का, उपाध्यक्ष विराटजंग शाह, उपाध्यक्ष दीर्घबहादुर केसी, सदस्य रवीन्द्र चन्द र सदस्य रुपेश अधिकारीले असहमति जनाएका हुन् ।
‘यस्तो संवेदनशील निर्णयमा न त कार्यसमितिसँग कुनै छलफल भएको छ, न त आधिकारिक सूचना दिइएको छ। वैकल्पिक खेल स्थल खोजिएको छ कि छैन भन्नेबारे पनि स्पष्टता दिइएको छैन,’ पत्रमा भनिएको छ ।
असन्तुष्ट सदस्यहरूले यस एकतर्फी निर्णयले संस्थागत पारदर्शितामा प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
पत्रमा भनिएको छ,‘नेपालका खेलाडीहरूले घरेलु मैदानमा पाउने आत्मबल, दर्शकको साथ र राष्ट्रिय गौरवका भावना खोसिनु अन्यायपूर्ण मात्र नभई दीर्घकालीन रूपमा खेलाडीहरूको मनोबल र प्रदर्शनमा नकारात्मक असर पार्ने निश्चित छ। लाखौं समर्थकलाई आफ्नै भूमिमा राष्ट्रिय टोलीलाई समर्थन गर्ने अवसरबाट वञ्चित तुल्याउनु फुटबलप्रतिको उत्साह र जनआस्था माथि प्रहार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण