काठमाडौँ प्रहरी प्रमुखमा थापा
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी रमेश थापालाई काठमाडौँको सुरक्षा नेतृत्व दिएर पठाइएको हो ।
यस्तै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी विश्व अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ । थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
अधिकारी २०८१ माघ १५ मा काठमाडौं आएका थिए । रमेश थापा प्रहरी भित्र व्यवसायिक अधिकृतको रुपमा चिनिन्छन् । उनले एसपी हुँदा कास्की र उदयपुरको कमाण्ड गरेका थिए ।
जेनजी प्रदर्शनमा भदौ २३ मा काठमाडौँको नयाँ बानेश्वरमा अधिक बल प्रयोग भएको भनेर आलोचना भइरहेको छ ।
भिड नियन्त्रणमा चुकेको भन्दै अधिकारीलाई जिम्मेवारी मुक्त गरेर थापालाई ल्याएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भदौ २४ मा देशभर उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण